काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ८९ पैसा र बिक्री दर १३३ रूपैयाँ ४९ पैसा रहेको छ। युरो एकको खरिद दर १४८ रूपैयाँ ३९ पैसा र बिक्री दर १४९ रूपैयाँ ६ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७६ रूपैयाँ ४५ पैसा र बिक्री दर १७७ रूपैयाँ २४ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ९१ रूपैयाँ १ पैसा र बिक्री दर ९१ रूपैयाँ ४२ पैसा रहेको छ।
त्यस्तै, क्यानडिएन डलर एकको खरिद दर ९९ रूपैयाँ ३५ पैसा र बिक्री दर ९९ रूपैयाँ ८० पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ ७७ पैसा र बिक्री दर १०३ रूपैयाँ ७७ पैसा रहेको छ।
साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ६८ पैसा र बिक्री दर ३५ रूपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।