जेठ २९, काठमाडौं । गोरखा क्षेत्र न १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले चीनको तिब्बत प्रहरीले पक्राउ गरेका गोरखाको चुमनुब्री गाउँपालिका छेकम्पारका दुई युवाको अवस्थाबारे सरकारसँग जानकारी माग गरेका छन्।
तिब्बत प्रहरीले करिब डेढ महिना अघि राप्के लामा र कर्मा छेदेन लामालाई तिब्बत बोलाएर नियन्त्रणमा लिएको जानकारी आएको बजगाई बताउँछन्।
‘तिब्बततिरबाट टेलिफोन गरेर गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ का राप्के लामा र कर्मा छेदेन लामालाई करिब डेढ महिनाअघि तिब्बत आउन भनियो र उहाँहरू जानुभयो, त्यहाँ पक्राउ पर्नुभयो। यो हाम्रो सरकारलाई जानकारी छैन,’ मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुखबाट समय लिई बोलेका बजगाईले भने, ‘उहाँहरूको अवस्था कस्तो छ, कुन परिस्थितिमा हुनुहुन्छ। यसबारे सरकारले के पहल गर्ने हो, सभामुखमार्फत म परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।’
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar