काठमाडौँ। आज अर्थात सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर २३ सय १५ रुपैयाँ कायम भएको छ। यसअघि आइतबार चाँदी प्रतितोला २२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
30 Asar 2082, Sombar 11:23 मा प्रकाशित
271