पहिरोले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध

काठमाडौँ। पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ। 

अविरल वर्षाका कारण उक्त सडकखण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।   

प्रहरी कार्यालयका अनुसार सडकमा माटोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ। पानी निरन्तर रूपमा परिरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ।  सडक अवरुद्ध भएपछि सवारीसाधन अलपत्र परेका छन्।

यो ठाउँमा विगत तीन वर्षअघिदेखि बर्सेनि पहिरो खस्न थालेको हो। बेँसीसहरबाट तनहुँ–काठमाडौँ–पोखरा–चितवनलगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रीहरू समस्यामा परेका छन्। 

प्रतिक्रिया