विदेशी मुद्राको विनिमय दर सार्वजनिक - डलर घट्यो

foreign exchange

काठमाडौं। नेपाल राष्ट्र बैंकले असार १५ गते (आज) नेपाली बजारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । सार्वजनिक गरिएको नयाँ विनिमय दर अनुसार अमेरिकी डलर (USD) को किन्न दर रु १३६.४७ र बेच्ने दर रु १३७.०७ कायम गरिएको छ ।

त्यस्तै, युरो (EUR) को किन्न दर रु १५९.९० र बेच्ने दर रु १६०.६०, बेलायती पाउण्ड स्टर्लिङ (GBP) किन्न रु १८७.३९ र बेच्ने रु १८८.२२ रहेको छ । स्विस फ्र्याङ्क (CHF) किन्न रु १७०.९०/बिक्री रु १७१.६५, अस्ट्रेलियन डलर (AUD) रु ८९.२०/८९.६०, क्यानाडाली डलर (CAD) रु ९९.९७/१००.४१ मा प्रतिस्थापित भएको छ ।

सिङ्गापुर डलर (SGD) को किन्न दर रु १०६.९९ र बेच्ने रु १०७.४६, जापानी येन (JPY) (१० युनिट) किन्न रु ९.४४/बेच्ने रु ९.४८, चिनियाँ युआन (CNY) किन्न रु १९.०३/बेच्ने रु १९.११ राखिएको छ ।

यस्तै, साउदी रियाल (SAR) किन्न रु ३६.३९/बेच्ने रु ३६.५५ , कतारी रियाल (QAR) रु ३७.३४/३७.५०, थाइ भाट (THB) रु ४.१८/४.२०, युएई दिराम (AED) रु ३७.१६/३७.३२, मलेसियन रिङ्गेट (MYR) रु ३२.२७/३२.४१, दक्षिण कोरियन वन (KRW) (१०० युनिट) रु १०.०३/१०.०८, स्विडिश क्रोना (SEK) रु १४.४०/१४.४६, डेनिश क्रोना (DKK) रु २१.४३/२१.५३, होङकङ डलर (HKD) रु १७.३८/१७.४६, कुवैती दिनार (KWD) रु ४४६.२२/४४८.१८, बहराइनी दिनार (BHD) रु ३६१.७५/३६३.३४, र ओमन रियाल (OMR) रु ३५४.४५/३५६.०१ कायम गरिएको छ ।


प्रतिक्रिया