काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। यसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने मौसमविद्ले जनाएका छन्।
बिहीबार देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने महाशाखाले जनाएको छ। कोशी, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।
शुक्रबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही अन्यत्र आंशिक बदली रहनेछ। कोशी, गण्डकी, र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा अन्य पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै मौसमविद्ले सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै, पर्वतीय क्षेत्रहरूमा यात्रा गर्दा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar