मौसम अपडेटः तराईको हुस्सु मध्यान्हपछि सुधार हुने, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

weather forecast

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशसहित पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम छ। सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसोः तराईका अधिकांश स्थानमा लागेको हुस्सु मध्यान्हपछि क्रमिक रूपमा सुधार हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

रातिः तराईका अधिकांश स्थानमा हुस्सु कायम रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

विभागले तराईमा हुस्सु सुधार हुँदै गए पनि सवारी चलाउँदा सतर्कता अपनाउन र उच्च हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले चिसो तथा सम्भावित हिमपातप्रति सचेत रहन आग्रह गरेको छ।

प्रतिक्रिया