आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलर १३७ रुपैयाँ अन्यलाई कति ?

foreign exchange

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आजको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रर्लिङको खरिददर १८१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४४ पैसा तोकिएको छ।

स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४० पैसा रहेको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ २८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७१ पैसा तोकिएको छ।

सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०४ रुपैयाँ २६ पैसा रहेको छ।

राष्ट्र बैंकले विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि परिमार्जन गर्न सकिने जनाएको छ।

प्रतिक्रिया