काठमाडौँ। पोखरामा स्कुल बस दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको छ।
मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती वि.क. र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स वि.क. रहेका छन्।
दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा परेर अन्य २८ जना घाइते भएका छन्।
आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो। बस अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीको भनाइ छ।
घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ।
13 Saun 2081, Sombar 12:37 मा प्रकाशित
179
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar