काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९मंगलबार० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ८२ पैसा र बिक्री दर १३४ रूपैयाँ ४२ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४८ रूपैयाँ ३६ पैसा र बिक्री दर १४९ रूपैयाँ २ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७८ रूपैयाँ २३ पैसा र बिक्री दर १७९ रूपैयाँ ३ पैसा रहेको छ। स्विस फ्र्याङ्क एकको खरिद दर १५८ रूपैयाँ ४ पैसा र बिक्री दर १५८ रूपैयाँ ७५ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ९२ रूपैयाँ ४० पैसा र बिक्री दर ९२ रूपैयाँ ८१ पैसा रहेको छ।
त्यस्तै, साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ६७ पैसा र बिक्री दर ३५ रूपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।