काठमाडौं स्पाइकर्सले नयाँ खेलाडी चयनका लागि ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्दै

काठमाडौं, १ भदौ: काठमाडौं स्पाइकर्सले आगामी "वात्सल्य एभरेस्ट महिला भलिबल लिग" अन्तर्गत नयाँ खेलाडीहरूको छनोटका लागि विशेष ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्ने भएको छ। भदौ ५, २०८१ मा काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा हुने यो कार्यक्रम बिहान ११:०० बजे देखि दिउँसो २:०० बजेसम्म सञ्चालन हुनेछ।

काठमाडौं स्पाइकर्सका प्रमुख कार्यकारी अधिकृत (सीओओ) सुदिक्षा अधिकारीको विशेष पहलमा यो कार्यक्रमको आयोजना गर्न लागिएको हो। अधिकारीले बताएकी छिन्, "हाम्रो उद्देश्य आगामी भलिबल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्न सक्षम खेलाडीहरूलाई अवसर प्रदान गर्नु हो।"

स्पाइकर्सले यो ट्यालेन्ट हन्ट मार्फत नयाँ पुस्ताका प्रतिभाशाली खेलाडीहरूलाई प्रोत्साहित गर्दै उनीहरूको खेल क्षमता उजागर गर्ने लक्ष्य राखेको छ। यस कार्यक्रमले युवा तथा उत्साही खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

इच्छुक खेलाडीहरूलाई भदौ ४ गते कार्यालय समय भित्र आफ्नो नाम दर्ता गर्न सम्पर्क नम्बरमा सम्पर्क गरी सहभागी हुन आह्वान गरिएको छ।

प्रतिक्रिया