काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ६० पैसा र बिक्री दर १३४ रूपैयाँ २० पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४९ रूपैयाँ ७ पैसा र बिक्री दर १४९ रूपैयाँ ७४ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७७ रूपैयाँ ५९ पैसा र बिक्री दर १७८ रूपैयाँ ३९ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ९१ रूपैयाँ १५ पैसा र बिक्री दर ९१ रूपैयाँ ५६ पैसा रहेको छ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ६५ पैसा र बिक्री दर ३६ रूपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्