नेपालमा हुस्सुको बाक्लो प्रभाव जारीः तराई र उपत्यकामा दृश्यता कम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

weather forecast

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। हाल तराईका धेरै स्थान तथा काठमाडौंलगायत उपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। यसले तराई र उपत्यकामा सडक तथा हवाई यातायातमा उल्लेख्य असर पारेको छ।

दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो कायम रहनेछ। सबै प्रदेशका तराई भूभागमा मध्यान्हसम्म हुस्सु/कुहिरोको सम्भावना छ। पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

राति तराईका अधिकांश स्थानमा हुस्सु रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली कायम रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

विभागले हुस्सु/कुहिरोका कारण दृश्यता कम भएकाले चालक तथा यात्रुहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। उच्च हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले चिसो र सम्भावित हिमपातबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्नेछ।

प्रतिक्रिया