काठमाडौँ। घरको भित्ताले पुरै घरको भार बहन र छतलाई सर्पोट मात्रै नभइ घरको सौन्दर्यतामा समेत ठुलो भूमिका निर्वाह गर्दछ। आजको लेखमा यहाँ घरको भित्ताहरूको सुरक्षाका बारेमा चर्चा गरिने छ।
वालका यस्ता विशेषताकाहरूका कारण पनि घरको भित्ता दिर्घकालिन मजबुतका साथै सुन्दर पनि हुन आवशयक छ। यद्यपी घरमा आउने बिभिन्न किसिमको समस्याहरुको प्रत्यक्ष असर घरका भित्तामा देखिन्छ।
यी समय र समस्याहरूको असर घरको भित्तामा प्रत्यक्ष देखिन्छः
सिपेज
घर सर्ने समयमा
Paint Damage
Paint Damage का कारणहरु बिबिध हुन सक्दछन् तथापी प्राय जसो Paint Damage का समस्याहरू दोहोरिरहने समस्या भने सिपेजकै कारण हुने गर्दछन्। .
सिपेज
सिपेज भन्नाले घरका कुनै पनि भागका छिद्र अथवा Crackबाट घरको भित्ता वा कुनैपनि ठाउँमा देखिने चिसोपन र moisture लाई बुझिन्छ। सिपेजका समस्याहरू बिशेषत बर्षातको समयमा बढी देखिने गरेको पाइन्छ। भित्तामा देखिने सिपेजले Carbonation ,Oxidation, काठहरू मक्किने र घरको सौन्दर्यतामा समेत प्रत्यक्ष प्रभाव पार्दछ।
बर्षातको समयमा
बर्षाको समयमा प्रत्यक्ष रूपमा पानीको प्रभाव पर्ने क्षेत्रमा Paint Damage जस्ता समस्याहरू देखिने गर्दछन्। यस्ता समस्याले गर्दा घरको बाहिरी सौन्दर्यतालाई मात्रै प्रभाव नपारी भित्री संरचनामा पनि नकारात्मक प्रभाव पार्दछ।
घर सर्ने समयमा
घरका सामानहरू सार्ने क्रममा भित्ताहरूमा ठोक्किएर चर्किने, रङ उप्कने जस्ता समस्याहरू आउने गर्छन यसले घरको सैन्दर्यतामा प्रत्यक्ष प्रभाव पार्दछ।
समाधान
बिभिन्न समयमा फरक फरक कारणले घरका भित्ताहरुमा देखिने समस्याहरुलाई समस्याको स्रोत अनुरूप समाधानका उपायहरु पनि फरक फरक छन्ः
सिपेज र Dampness का कारण भित्तामा देखिने समस्याहरुको समाधानका लागि सिपेजको स्रोत पत्ता लगाइ Waterproofing गराई फोहोर देखिएको भित्तामा रङ लगाइदिँदा समस्याको दिघकालिन रूपमा समाधान पाउन सकिन्छ भने वर्षातको पानीका कारण भित्तामा देखिने असरहरू कम गराउनका लागि Water prof रङहरूको प्रयोग गर्न सकिन्छ। त्यसै गरी घरहरू सार्दा सामानहरु ठोक्किएर रङ बिग्रने तथा चर्कने जस्ता समस्याहरूका लागि अनुभवी र पेशागत रूपमा यस्ता काम गर्ने हरूलाई जिम्मा दिनु नै उत्तम हुन्छ।