लमजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

काठमाडौँ। लमजुङमा ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। 

लमजुङको मर्स्याङ्दी गाउँपालिका–६, ठूलोबेँसी गाउँको भित्रि सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा दुधपोखरी गाउँपालिका–२, भुम्लिचोक घर भएका २५ वर्षीय मेगराज लामाको मृत्यु भएको हो।

लामा ट्याक्टरका सह–चालक हुन्। सदरमुकाम बेँसी सहरबाट बिहेको सामान बोकेर सोही ताराचोक गाउँतर्फ जाँदै गरेको ग १ त ६१४१ नम्बरको ट्याक्टर आज बिहान अनियन्त्रित भइ दुर्घटना भएको थियो।

ट्याक्टर सडकदेखी १५ मिटर तल खस्दा सोही ट्याक्टरमा च्याप्पिएर लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक धादिङ जिल्ला बेनिघाट गाउँपालिका–६ बस्ने २८ वर्षीय गणेशमान चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया