काठमाडौँ। एनआईसी एशिया बैंकका ग्राहकले धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टले विशेष छुट पाउने भएका छन्।
बैंक र उक्त रिसोर्टबीच १०% छुट दिने सम्झौता भएको हो।
समझदारीसँगै बैंकका ग्राहकले रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
यो सुविधा लिन ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।
23 Saun 2082, Shukrabar 08:33 मा प्रकाशित
135