यस्तो छ आजका लागि विदेशी मुद्राको मूल्य

काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ १०० सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुनस् बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको पनि मूल्य बढेको छ। 

आजका लागि अमेरिकी डलर एकको खरिद दर १३७ रूपैयाँ ८६ पैसा र बिक्री दर १३८ रूपैयाँ ४६ पैसा रहेको छ।

त्यसैगरी, युरोपिएन युरो एकको खरिद दर १४४ रूपैयाँ ९३ पैसा र बिक्री दर १४५ रूपैयाँ ५६ पैसा, युके स्टर्लिङ पाउण्ड एकको खरिद दर १७२ रूपैयाँ ४३ पैसा र बिक्री दर १७३ रूपैयाँ १८ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १५३ रूपैयाँ ६७ पैसा र बिक्री दर १५४ रूपैयाँ ३४ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ८२ पैसा र बिक्री दर ८७ रूपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिद दर ९३ रूपैयाँ ३ पैसा र बिक्री दर ९६ रूपैयाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ ६४ पैसा र बिक्री दर १०३ रूपैयाँ ९ पैसा रहेको छ।

त्यस्तै, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ९६ पैसा र बिक्री दर ९ रूपैयाँ, चिनियाँ युआन एकको खरिद दर १९ रूपैयाँ १ पैसा र बिक्री दर १९ रूपैयाँ ९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ७५ पैसा र बिक्री दर ३६ रूपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ८१ पैसा र बिक्री दर ३७ रूपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

विस्तृत तालिकामा हेर्नुहोस्




प्रतिक्रिया