सुनकोशीमा खसेको जिप भेटियो, जिपमा सवार यात्रु बेपत्ता

काठमाडौँ। सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिप फेला परेको छ। 

शनिवार जिपमा सवार तीनजना सहित जिप सुनकोशी नदीमा खसेको थियो। दुर्घटना भए लगतै खोजीमा जुटेको गोताखोरको टोलीले आज बिहान २ बजेतिर मात्रै जिप भेटाएको हो।  तर, जिपमा सवार ३ जना भने अझै बेपत्ता रहेका छन्। उनीहरूको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।

खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको गाडि शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो।

प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन्। गाडिबाट हामफालेका सुशान्त कक्षपति घाइते छन्। उनको खुर्कोट अस्पतालमा उपचार भइरहेको  प्रहरीले जनाएको छ।

प्रतिक्रिया