काठमाडौं। भारतीय बहु-व्यापारिक कर्पोरेशन तथा अग्रणी एफएमसीजी समूह धरमपाल सत्यपाल ग्रुप (डी.एस. ग्रुप) ले नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको छ। समूहले आफ्ना लोकप्रिय भारतीय एथ्निक कन्फेक्शनरी र माउथ फ्रेसनर ब्रान्डहरू नेपालमा उपलब्ध गराएको घोषणा गरेको हो। यसका लागि एलजी इन्टरनेशनललाई नेपालका लागि व्यापार साझेदारको रूपमा नियुक्त गरिएको छ।
काठमाडौँमा आयोजित एक विशेष डिलर कार्यक्रममा डी.एस. ग्रुपका उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराइएको औपचारिक घोषणा गरिएको थियो। कार्यक्रममा प्रमुख वितरकहरू तथा सरोकारवालाहरू उपस्थित थिए। सो अवसरमा भारतीय स्वादका विभिन्न कन्फेक्शनरी उत्पादनहरू र मिठाइका विविध रेञ्जबारे जानकारी गराइएको थियो।
डी.एस. ग्रुपले नेपाली बजारमा रजनीगन्धा सिल्भर पल्र्स, पास पास जस्ता ताजा माउथ फ्रेसनरहरू तथा पल्स क्यान्डी, लभिट, चेरियो (हार्ड बोइल्ड क्यान्डी) र च्युइङ गमहरू उपलब्ध गराएको छ।
भारतका लागि डी.एस. ग्रुपका वरिष्ठ निर्यात प्रबन्धक तनुज कुमारले भने, "हाम्रो नवीनतम उत्पादन पोर्टफोलियोले उच्च गुणस्तर र स्वादिष्ट परिकारहरू खोजिरहेका नेपाली उपभोक्ताहरूलाई आकर्षित गर्नेछ भन्ने विश्वास छ। हामी नेपालभरि यी उत्पादनहरूको सफल र व्यापक उपलब्धता सुनिश्चित गर्न प्रतिबद्ध छौं।"
डी.एस. ग्रुपले नेपाली बजारलाई ठूलो सम्भावना भएको क्षेत्रका रूपमा लिएको छ। नेपालको भारतीय ब्रान्डहरूप्रतिको उच्च स्वीकार्यता, समान स्वाद र प्राथमिकताहरू तथा ठूलो भारतीय पर्यटक संख्याले नेपाललाई एफएमसीजी व्यापारका लागि आकर्षक बनाएको छ। कम्पनीले नेपाली बजारमा उच्च गुणस्तरका नवीन उत्पादनहरू प्रदान गर्दै पर्याप्त बजार हिस्सा ओगट्ने लक्ष्य राखेको छ।
डी.एस. ग्रुपको कन्फेक्शनरी डिभिजनले आर्थिक वर्ष २०२३–24 मा वार्षिक बिक्री कारोबारमा भारु १,००० करोड पार गर्ने उपलब्धि हासिल गरेको छ। भारतमा गैर-चकलेट कन्फेक्शनरी बजारमा दोस्रो स्थान ओगटेको यस समूहले आफ्नो उत्पादनहरूको वितरणका लागि ८०० भन्दा बढी विद्युतीय सवारी साधनहरूको प्रयोग गर्दै हरित पहलमा योगदान पुर्याएको छ।
डी.एस. ग्रुपका लोकप्रिय ब्रान्डहरूमा पल्स, पास पास, रजनीगन्धा पल्र्स, चिङ्गल्स, पल्स नाटकरे तथा हालै अधिग्रहण गरिएको लभिट सामेल छन्। समूहले निरन्तर नवप्रवर्तन गर्दै उपभोक्ताका रुचिअनुसार उत्पादनहरू बजारमा ल्याइरहेको छ।
डी.एस. ग्रुपको नेपाल प्रवेशसँगै नेपाली उपभोक्ताहरूलाई भारतीय स्वादका लोकप्रिय कन्फेक्शनरी उत्पादनहरू उपभोग गर्ने अवसर प्राप्त भएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar