काठमाडौँ। हामी सबैले घर बनाउँदा सेफ्टीक ट्याङ्कीका लागि उचित ठाउँ छुट्याउन जरूरी हुन्छ। आज यहाँ सेफ्टीक ट्याङ्की कुन दिशातर्फ बनाउँदा उत्तम हुन्छ भन्नेबारे चर्चा गरिनेछ।
हरेक घरमा ढलको व्यवस्था नभएको ठाऊँमा सेप्टिक ट्याङ्की बनाउनु जरूरी हुन्छ। ट्वाइलेटबाट र भान्छाबाट जाने पानीको पाइपलाई अलग अलग गरी पठाउनुपर्छ।
सेप्टिक ट्यांकी उत्तर-पूर्वी भागको दायाँ बगलमा बनाउनु शुभ मानिन्छ। अर्थात ठीक उत्तर-पूर्वी कुना ईशान कोणमा पारेर भने बनाउँनु हुँदैन। सेप्टिक ट्याङ्की दक्षिण-पूर्वी भागको दाँया बगलमा बनाउन सकिन्छ। अर्थात ठीक आग्नेय कोणमा पारेर भने बनाउनु हुँदैन।
यदि घर बनिसकेको छ, सेप्टिक ट्यांकी र अरू चिजको वास्तु मिलेको छैन भने घरमा तोडफोड नगरी वास्तु सुधारको लागि यस्ता उपाय अपनाएर सुधार गर्न सकिन्छः
क) घरको उत्तर दिशाको वालमा ठूलो ऐना राख्ने।
ख) घरको ईशान कोणमा गणेशको फोटो राख्ने।
ग) घरको पश्चिम-दक्षिण दिशामा हनुमालको झण्डा फलामको पाइप १२ फिट ६ इन्च अग्लोमा राखी सुधार गरिन्छ।
घ) घरको उत्तर-पूर्व दिशाको वालमा धारा राख्ने।
ङ) घरको उत्तर दिशाको वालमा हरियो रङ लगाउने।
यसो गर्नाले घरको बास्तु सुधार हुन गई समृद्ध र सकारात्मकता फैलन मदत पुग्छ।