काठमाडौँ। करिब चार महिनापछि ताप्लेजुङमा पुन: हवाई उडान सुचारू भएको छ। गत मङ्सिर २८ गतेदेखि बन्द रहेको ताप्लेजुङको सुकेटार विमास्थलमा आज (आइतबार) बाट हवाई उडान सुरू भएको हो।
नेपाल वायु सेवा निगमको जहाजले आजबाट काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान सुरू गरेको छ। शुक्रबार तालिका निर्धारण गरिएको भएता पनि प्राविधिक समस्याका कारण आइतबारका लागि उडान सारिएको थियो। काठमाडौँबाट ५ जना यात्रु लिएर आएको नेपाल वायु सेवा निगमले जनाएको छ।
निगमका अनुसार ताप्लेजुङबाट पुरुष ४ र महिला २ जना गरी ६ जना काठमाडौँ गएका हुन्। गत चैत १६ गते शनिबारदेखि उडान गर्ने तालिका अनुसार जहाज आए पनि अवतरण हुन नसकेपछि जहाज पुनः काठमाडौँ फर्किएको थियो। जसका कारण १० जना यात्रु लिएर आएको जहाज भिजिबिलिटी कम भएकाले अवतरण हुन सकेको थिएन। सो उडान सफल हुन नसक्दा ताप्लेजुङबाट उपचारका लागि काठमाडौँबाट हिँडेका चार जना यात्रु प्रभावित भएका थिए।
नेपाल वायु सेवा निगमको दुई वटा जहाज ग्राउण्डेड भएपछि ४ महिनादेखि हवाई उडान ठप्प भएको थियो। तत्कालका लागि हाल सातामा एक दिन मात्रै उडान तय भएको थियो। आगामी उडान तालिका तत्काल आई नसकेको निगमले जनाएको छ। सातामा एक दिनमा उडान तालिका राख्दै आएको र वैशाखपछि थप गरिने तयारीमा रहेको जनाइएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar