काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियालको भाउ बढेको छ।
अमेरिकी डलर एकको खरिदर १३५ रूपैयाँ ४८ पैसा र बिक्री दर १३६ रूपैयाँ ८ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ २९ पैसा र बिक्री दर १४२ रूपैयाँ ९२ पैसा, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७२ रूपैयाँ ६७ पैसा र बिक्री दर १७३ रूपैयाँ ४३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५२ रूपैयाँ ८९ पैसा र बिक्री दर १५३ रूपैयाँ ५६ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ८० पैसा र बिक्री दर ८७ रूपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ ७७ पैसा र बिक्रीद दर ९६ रूपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ ८० पैसा र बिक्री दर १०१ रूपैयाँ २५ पैसा रहेको छ।
त्यस्तै, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ९० पैसा र बिक्री दर ८ रूपैयाँ ९४ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६४ पैसा र बिक्री दर १८ रूपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ६ पैसा र बिक्री दर ३६ रूपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ १६ पैसा र बिक्री दर ३७ रूपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar