काठमाडौँ। आज मंगलबार (जेठ २७ गते) सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ९० हजार रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुन १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यता, आज चाँदीको भाउ भने बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ। आज चाँदी तोलामा १५ रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य २१ सय ६५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला २१ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
27 Jestha 2082, Mangalbar 11:59 मा प्रकाशित
19