काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी (अस्थायी प्रहरी) भर्ती प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ।
नेपाल प्रहरीका अनुसार इच्छुक नेपाली नागरिक युवायुवतीहरूले पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन्। म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ।
भर्ना भएका म्यादी प्रहरीहरूले नेपाल प्रहरी जवान सरहको दैनिक तलब प्राप्त गर्नेछन्। उनीहरूलाई निर्वाचन अवधिमा सुरक्षा व्यवस्थापन, मतदान केन्द्रको सुरक्षा तथा अन्य सहयोगी भूमिकामा खटाइनेछ।
आवेदन प्रक्रिया, आवश्यक योग्यता, उमेर सीमा, शारीरिक मापदण्ड तथा अन्य विवरणहरू सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरीको आधिकारिक सूचनामार्फत सार्वजनिक गरिएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहने नेपाल प्रहरीले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar