आज अमेरिकी डलरको बिक्री मूल्य १३८.७७ रूपैयाँ, अन्य विदेशी मुद्राको भाउ कति?

काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज (बिहिबार) अमेरिकी डलर एकको खरिद दर १३८ रूपैयाँ १७ पैसा र बिक्री दर १३८ रूपैयाँ ७७ पैसा रहेको छ। 

युरोपियन युरो एकको खरिदर १४३ रूपैयाँ ७८ पैसा र बिक्री दर १४४ रूपैयाँ ४० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७१ रूपैयाँ ६३ पैसा र बिक्री दर १७२ रूपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १५२ रूपैयाँ ५१ पैसा र बिक्री दर १५३ रूपैयाँ १७ पैसा रहेको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ६ पैसा र बिक्री दर ८६ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ ८१ पैसा र बिक्री दर ९६ रूपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ २९ पैसा र बिक्री दर १०२ रूपैयाँ ३३ पैसा रहेको छ। 

त्यस्तै, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ८९ पैसा र बिक्री दर ८ रूपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रूपैयाँ ५ पैसा र बिक्री दर १९ रूपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ८४ पैसा र बिक्री दर ३७ रूपैयाँ, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ९० पैसा र बिक्री दर ३८ रूपैयाँ ६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ 

प्रतिक्रिया