काठामाडौँ। वर्तमान समयमा घर बनाउँदा बास्तुविज्ञान अर्थात वास्तुशास्त्रअनुसार नै बनाउने गरिन्छ। १२ राशिमध्ये कुन राशिका व्यक्तिलाई दक्षिण दिशाको घरले कस्तो फल दिन्छ भन्नेबारे यो लेखमा उल्लेख गरिने छ।
सामन्यतयाः दक्षिण दिशातर्फ फर्किएको घरलाई अशुभ ठानिन्छ। तर, दक्षिण दिशा सबैका लागि भने अशुभ हुँदैन। कतिपयलाई दक्षिण दिशातर्फ फर्किएको घरले लाभ दिन्छ र शुभ हुन्छ। वास्तुविज्ञका अनुसार, जुन व्यक्तिका लागि दक्षिण दिश अशुभ ठानिन्छ, उनीहरूले घरमा वास्तुदोष नासक यन्त्र राख्न सक्नेछन। हामी जानकारी गराउँदै छौं, १२ राशिका व्यक्तिलाई दक्षिण दिशाको घरले कस्तो फल दिन्छ।
१. मेष राशिका लागि दक्षिण दिशामा फर्किएको घर, भवन वा फ्ल्याट अत्यन्त शुभ मानिन्छ। यस्तो दिशामा फर्किएको घरमा तपाइँको व्यक्तित्व विकास हुन्छ।
२.वृष राशिका लागि दक्षिण दिशामा फर्किएको घरले अशुभ फल दिन सक्छ। यस दिशातर्फ फर्किएको घरमा बस्दा आम्दानी भन्दा अधिक खर्च हुन्छ।
३. मिथुन राशिका लागि दक्षिण दिशामा फर्किएको घरले अशुभ फल दिन्छ। यस्तो घरमा बस्दा गम्भिर बिरामी हुने सम्भवना प्रबल रहन्छ।
४. कर्कट राशिका लागि दक्षिण दिशामा फर्किएको घर शुभदायक हुन्छ। यस्तो घरमा रहने कर्कट राशिका व्यक्तिको मान–सम्मान र नेकरीमा बढोत्तरी वा पदोन्नती हुन सक्छ।
५. सिंह राशिका व्यक्तिलाई दक्षिण दिशामा फर्किएको घर भाग्य चम्काउने अवसर पनि बन्न सक्छ। यो राशि भएका व्यक्तिलाई एकभन्दा बढी घर प्राप्ती गर्ने सम्भवना हुन्छ।
६. कन्या राशिका लागि दक्षिण दिशामा फर्किएको घरमा बस्दा विभिन्न दुःख, कष्ट आइपर्न सक्छ।
७. तुला राशिका व्यक्तिका लागि दक्षिण दिशातर्फ फर्किएको घरले मध्यम स्तरको फल दिन्छ।
८.वृश्चिक राशिका लागि दक्षिण फर्किएको घरमा बस्दा शुभलाभ हुन्छ। उक्त राशि भएका व्यक्तिलाई मान–सम्मान र आत्मबल बढ्छ।
९.धनु राशिका लागि दक्षिण दिशातर्फ फर्किएको घरमा बस्दा सन्तानको दृष्टिबाट एकदमै लाभ प्राप्त हुन्छ। दक्षिणतर्फ फर्किएको घरमा बस्दा उसको सन्ताले राम्रो शिक्षा प्राप्त गर्न सक्छन्।
१०. मकर राशिका लागि दक्षिण दिशामा फर्किएको घरले धन आर्जनका लागि लाभदायक ठानिन्छ। तर, व्यक्तिको व्यक्तित्व विकास भने हुन सक्दैन।
११. कुम्भ राशिका लागि दक्षिण दिशामा फर्किएको घरले संघर्ष बढाउने काम गर्छ।
१२. मीन राशिका लागि दक्षिण दिशामा फर्किएको घरले भाग्य चम्काइदिने शुभदायक हुन्छ।