२१ओँ वार्षिकोत्सव को अवसरमा नेपाल टेलिकमका ग्राहकहरूका लागि नयाँ प्याकेजहरू

काठमाडौं । नेपाल टेलिकमले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न नयाँ प्याकेजहरू सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो १५ दिने वार्षिकोत्सव अफरअन्तर्गत विभिन्न अनलिमिटेड डाटा तथा भ्वाइस प्याकेजहरू ल्याएको छ।

यस योजना अन्तर्गत, ग्राहकहरूले रु ५९ मा १ Mbps अनलिमिटेड डाटा र १२० मिनेट टेलिकम-टेलिकम भ्वाइस सेवा प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, रु ४९९ मा १ महिनासम्म अनलिमिटेड अल-नेट भ्वाइस कल सुविधा उपलब्ध गराइएको छ।

टेलिकमले विशेष Unlimited Premium Data Pack रु ७९९ मा उपलब्ध गराएको छ, जसमा प्रयोगकर्ताहरूले उच्च गतिको डाटा सेवा प्राप्त गर्न सक्नेछन्। TikTok प्रयोगकर्ताहरूका लागि रु ४८ मा डेली २०GB TikTok प्याक तथा रु १७० मा साप्ताहिक प्याकेज उपलब्ध छ।

FTTH (Fiber to The Home) सेवाका ग्राहकहरूका लागि वार्षिक प्याकेज खरिद गर्दा एक महिनाको निःशुल्क सेवा प्राप्त हुनेछ भने दुई वर्षे प्याकेजमा १५% छुट दिइएको छ।

नेपाल टेलिकमले आगामी दिनहरूमा ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै थप आकर्षक अफरहरू ल्याउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया