काठमाडौँ। नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ बढाएको।
डिजेल र मट्टितेलको भाउ भने घटाएको छ। निगमको फागुन ३ गतेको निर्णय अनुसार अब पेट्रोल प्रतिलिटर १ रूपैयाँले बढ्दा र डिजेल तथा मट्टितेल ४ रूपैयाँले घटेको हो।
मूल्यघटेसँगै अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६८ रूपैयाँ र डिजेल र मट्टितेल १५६ रूपैयाँ पर्नेछ। त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६५ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेल १५३ रूपैयाँ ५० पैसा निर्धारण गरिएको छ। दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ्गमा भने पेट्रोल प्रतिलिटर १६७ रूपैयाँ तथा डिजेल र मट्टितेल १५५ रूपैयाँ कायम गरिएको निगमले जनाएको छ।
4 Falgun 2081, Aaitabar 07:41 मा प्रकाशित
167