एउटै रङले रङ्गाइँदै न्यूरोडका घरहरू

काठमाडौँ। व्यापरिक केन्द्र न्यूरोडको इन्द्रचोकदेखि न्यूरोडसम्मका घरहरूलाई एउटै रङ लगाएर सिंगार्ने काम भइरहेको छ। सडकमा फुटपाथ विस्तार र तार भूमिगत गरेपछि घरहरूमा रङ लगाएर चिटिक्क पार्ने काम सुरू भएको हो।

घर तथा व्यापारिक भवनमा घरमा सेतो रङ पोतिँदै छ भने सटर र झ्यालहरूमा भने हरियो रंग लगाइँदै छ। सडकका दुबैतर्फका घरमा धमाधम रङ लगाउने काम जारी छ।

न्यूरोडका कपितय घरहरूमा वर्षौंदेखि रङ लगाइएको थिएन। सबै घरमा सेतो रङ लगाएर जुद्धकालिन न्यूरोडको झझल्को दिन खोजिएको छ। 

काठमाडौँ महानगरको पहल र स्थानीय तथा सो क्षेत्रमा व्यापार गर्नेको सहयोगमा रङरोगनको काम भइरहेको हो।

प्रतिक्रिया