काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज (मंगलबार) कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भेगमा एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ। तर, कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना छ।
बिहीबार पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहने अनुमान छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा उच्च हिमाली भूभागमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
मौसमविद्हरूका अनुसार सम्भावित हल्का वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेष गरी चिसो मौसममा यात्रा गर्ने तथा हिमाली भेगमा बसोबास गर्ने नागरिकलाई आवश्यक सुरक्षाका उपायहरू अपनाउन अनुरोध गरिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar