डिजल र हवाई इन्धनको मूल्य घट्यो, अब प्रतिलिटर कति पर्ला?

काठमाडौँ।  नेपाल आयल निगमले डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ।  

भारतबाट मूल्य घटेर आएसँगै निगमले मङ्गलबारदेखि लागू हुने गरी डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो। इण्डियन आयल कर्पोरेशनबाट सोमबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ०.४५ ले बढेर आएको निगमले जनाएको छ।  

त्यस्तै, डिजेलमा २.१५ र प्रतिलिटर रूपैयाँ हवाई इन्धनमा ६.५९ रूपैयाँले घटेर आएपछि निगमले साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेल/मट्टितेलमा २ रूपैयाँले, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रूपैयाँले र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ काठमाडौँको लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाईएको छ निमगले जनाएको छ।  

हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि break even point मा बिक्री मूल्य कायम गरिएको छ। साथै, पेट्रोल र एलपि ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ। 


प्रतिक्रिया