कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, भारी वर्षा, हावाहुरी को सम्भावना

weather forecast

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावले मनसुन गतिविधि सक्रिय छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ। 

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।  कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रमा मध्यमदेखि भारी वर्षा र हावाहुरीको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा सामान्य बदलीसहित मध्यम वर्षा अपेक्षित छ। रातको समयमा कर्णाली र सुदूरपश्चिममा भारी वर्षा कायम रहने, अन्य क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागमा भारी वर्षा र हावाहुरीको सम्भावना रहेकोले नदी-नाला र खहरे खोलाहरूमा पानीको बहाव बढ्ने, पहिरो, भू-क्षय र बाढीको जोखिम हुन सक्छ। यसले दैनिक जनजीवन, सडक र हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकोले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई सतर्क रहन र पछिल्लो मौसमी सूचना लिन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया