आज युवाकवि मोतीराम भट्टको १५९औँ जन्मजयन्ती

काठमाडौँ।  आज राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको १५९औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

साहित्यकार तथा साहित्यिक प्रतिष्ठानहरुले उनको व्यक्तित्व तथा कृतित्वमाथि विश्लेषण गर्दै जन्मजयन्ती मनाउँदै छन्। राष्ट्रिय विभूति समेत रहेका उनको १ सय ५९ वर्ष पहिले वि।सं १९२३  भाद्र कृष्ण औशी अर्थात् कुशे औँशीकै दिन जन्म भएको थियो।

नेपाली गजलका महानायक मानिएका भट्टको कथा, नाटक, निबन्धमा पनि कलम त्यत्तिकै बलियो रहेको थियो। कुशे औँसीका दिन जन्मेका उनको वि।सं १९५३  कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमै निधन भएको थियो। शृङगार रसलाई केन्द्रविन्दुमा राखेर उनले गजल रचना गरेका थिए।

युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए।  उनको साहित्य रचना मात्र नभइ पत्रकारितामा पनि त्यतिकै हात चलेको पाइन्छ। 

उनले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गरेका थिए।

प्रतिक्रिया