भदौमा ६१ हजारमात्रै कित्ताकाट, डेढ वर्षयताकै न्यून

काठमाडौँ।  झापाको भद्रपुरबाट २७ सय ८, कैलालीको धनगढी मालपोतबाट २२ सय ३६, धनुषामा २१ सय ९५, पर्सामा २१ सय ६१ कित्ताकाट भएका छन्।

मन्दी कायमै रहेपछि भदौमा डेढ वर्षयताकै कम कित्ताकाट भएका छन्। भदौमा देशभर ६१ हजार ३३२ कित्ताकाट भएका छन्, यो संख्या ०७९ चैतयताकै सबैभन्दा कम हो। 

सरकारले अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गइरहेको बताइरहे पनि उपभोक्तामा आत्मविश्‍वास बढ्न नसक्दा घरजग्गा किनबेचसँगै कित्ताकाट पनि घट्दै गएको पाइन्छ। 

प्रणालीमा तरलता थुप्रिएपछि बैंकले बोलाएरै कर्जा लैजान आग्रह गर्न थालेका छन्। बैंकले एकल बिन्दूमा कर्जाका स्किम ल्याउन प्रतिस्पर्धामा उत्रिएका छन्। नेपाल राष्ट्र बैंकले पनि घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा खुकुलो नीति लिँदै गइरहेको छ। तैपनि बैंकबाट कर्जा लिएर घरजग्गा खरिद गर्ने ग्राहक बढ्न सकेका छैनन्। 

भदौमा देशभर २७ हजार ८४३ कित्ता जग्गा कित्ताकाट भई ६१ हजार ३३२ भएको भूमि व्यवस्थापन विभागको तथ्यांकले जनाएको छ। यसअघि ०७९ फागुनमा ६० हजार ३६१ कित्ताकाट भएका थिए। त्यसता उतार चढावकै बिच पनि कित्ताकाट बढ्दै गइरहेको थियो।

गत जेठ महिनामा एक लाख ६५ हजारभन्दा बढी कित्ताकाट भएको थियो। सो लगतै कित्ताकाट निरन्तर घटिरहेको देखिन्छ। असारमा १ लाख ३६ हजार र साउनमा ९५ हजार ९८१ कित्ताकाट भएका थिए।

इनरूवामा सबैभन्दा धेरै कित्ताकाट

भदौमा सुनसरीको इनरूवा मालपोत कार्यालयबाट सबैभन्दा धेरै ३२ सय १८ कित्ताकाट भएका छन्। झापाको भद्रपुरबाट २७ सय ८, कैलालीको धनगढी मालपोतबाट २२ सय ३६, धनुषामा २१ सय ९५, पर्सामा २१ सय ६१ कित्ताकाट भएका छन्।

यसका साथै, लगनखेलबाट २ हजार १३, बाराको कलैयाबाट १८ सय ३९, सप्तरीको राजविराजबाट १७ सय ६७, महोत्तरीको जलेश्वरबाट १६ सय ८६, सर्लाहीको मलंगवाबाट १६ सय चार, सिराहाबाट १५ सय ७४ कित्ताकाट भएको विभागको तथ्यांक छ।

प्रतिक्रिया