काठमाडौँ। नेपाल इन्सुरेन्स कम्पनीको वार्षिक साधारण सभा आज (चैत १९ गते) मंगलबार बस्दैछ।
सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ। साधारण सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।
साथै, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाहका विषयमा पनि छलफल हुनेछ। आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि रहेको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते नै बुक क्लोज गरिसकेको छ। चैत ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।
19 Chaitra 2081, Mangalbar 09:04 मा प्रकाशित
252
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar