काठमाडौँ। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको छ।
लघुवित्तले बैशाख २९ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सोह्रौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिनको साढे ११ बजे शुरू हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १३.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बैशाख ११ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने जनाइएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar