काठमाडौँ। सुन्दरीमाई तेक्वान्दो डोजाङ नेपालले चर्चित तेक्वान्दो खेलाडी ग्राण्ड मास्टर, चलचित्रका नायक,कलाकार एवम् निर्माता राजकुमार राईलाई सम्मानित गरेको छ।
शुक्रबार डोजाङको कार्यलय सुन्दरीजल काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी राईलाई सम्मानित गरेको हो। राई खेलकुदको माध्यमबाट नेपाललाई विश्वमा चिनाउँन समफल व्यक्ति हुन् भने उनले तेक्वान्दो खेलमार्फत नेपाललाई अन्तराष्ट्रिय स्वर्ण पदक समेत दिलाएका छन्।
उक्त कार्यक्रममा ग्राण्ड मास्टर राईले खेलप्रति जीवनको अनुभव सुनाउँदै खेलाडीहरूलाई केही समय प्रशिक्षण दिई हौसला प्रदान गरेका थिए भने सोही अवधिमा राईबाट निरौलालाई सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा निरौंलाले डोजाङलाई सधैं सहयोग र खेल क्षेत्रमा लागी पर्ने प्रतिबद्धता व्यक्त गरे।
सोही क्रममा सुवास चन्द्र गौतमले सम्पूर्ण खेलाडीलाई धन्यवाद सहित उत्प्रेरणा प्रदान गरेका थिए भने उक्त कार्यक्रमको व्यवस्थापना कुन्ती काफ्लेले गरेकी थिइन् र कार्यक्रमलाई अमित काफ्लेले सञ्चालन गरेका थिए।
कार्यक्रमका अतिथिहरू नेपाल मिडिया हाउस प्रालि तथा राष्ट्रिय विज्ञापन संघ नेपालका सचिव नवराज निरौंला, होटल तथा पर्यटन व्यवसाय एवम् खेलाडी अमित काफ्ले, डोजाङ कोषाध्यक्ष एवम् राष्ट्रिय तेक्वान्दो संघ काठमाडौँ शाखाका पध्यक्ष कुन्ती काफ्ले, बकुन्ठ महत लगायतका अतिथिहरू रहेका थिए।