काठमाडौँ। नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीमा रहेको धादिङ अस्पतालले पहिलोपटक स्तन क्यान्सर पहिचान र परीक्षण गर्नका लागि मेमोग्राम सेवा सञ्चालनमा ल्याएको छ।
बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट रू एक करोड नौ लाख ६१ हजार मूल्य बराबरको मेसिन उपलब्ध भएसँगै जिल्ला अस्पतालले मङ्गलबारदेखि सेवा सुचारू गरेको अस्पतालले जनाएकाे छ।
विभिन्न कारणले महिलाको स्तनमा समस्या आउने अर्थात् क्यान्सर हुनसक्छ त्यसको पहिचान गर्नका लागि विशेष प्रकारको एक्स–रे प्रयोग गरिन्छ, जसलाई मेमोग्राम भनिन्छ। साथै रेडियोग्राफर टेक्नोलोजिष्टद्वारा स्तनको चित्र समेत लिन सकिन्छ छ।
सेवा सञ्चालन भएसँगै बढ्दै गएको स्तन क्यान्सर पहिचान र परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ।
12 Bhadra 2081, Budhbar 01:17 मा प्रकाशित
190
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar