काठमाडौं। एन आई सी एशिया क्यापिटलले गैर-आवासीय नेपाली (NRNs) तथा नेपाल बाहिर बसोबास गर्ने नेपाली (NROs) का लागि विशेष डायस्पोरा खाता संचालनमा ल्याएको छ। साथै, धितोपत्रको दोश्रो बजारमा सूचिकृत तथा सूचिकृत नभएका कम्पनीहरूको संस्थापक शेयर खरिद–विक्रीलाई सहज बनाउन 'Offer for Sale (OFS)' प्लेटफर्मको सुरुआत गरेको छ।
डायस्पोरा खाता सेवाको उद्देश्य
एन आई सी एशिया क्यापिटलले लामो समयदेखि मर्चेन्ट बैंकिङ्ग सेवा अन्तर्गत विभिन्न कम्पनीहरूलाई संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ। यसै क्रममा, "One-Stop Solution" अवधारणाका साथ डायस्पोरा खाता सेवा संचालनमा ल्याइएको हो।
डायस्पोरा खाता सेवाले गैर-आवासीय नेपाली (NRNs) तथा नेपाल बाहिर बसेर नेपालमा व्यवसाय विस्तार गर्न चाहने लगानीकर्ताहरूलाई आवश्यक सम्पूर्ण वित्तीय, कानूनी, र व्यवसाय संचालन सम्बन्धी सहयोग प्रदान गर्नेछ। यस सेवाले विशेष रूपमा नेपालको आर्थिक वृद्धिमा योगदान पुर्याउने उद्देश्य राखेको छ।
डायस्पोरा खाता सेवाका विशेषता
स्टार्टअप सहयोग: कम्पनी दर्ता, मूल्याङ्कन, कानूनी परामर्श, र लगानी संकलन
व्यवसाय विस्तार: ऋण लगानी, इक्विटी व्यवस्थापन, वित्तीय विश्लेषण, र विदेशी प्रत्यक्ष लगानी (FDI) सम्बन्धी परामर्श
बजार पहुँच: निष्काशन तथा बिक्री प्रवन्धक, RTA/RTS सेवाहरू, पूँजी संकलन
परामर्श सेवा: वित्तीय विश्लेषण, कम्पनी मूल्याङ्कन, इक्विटी लगानी
Offer for Sale (OFS)' प्लेटफर्मको सुरुआत
एन आई सी एशिया क्यापिटलले धितोपत्रको दोस्रो बजारमा सूचिकृत तथा सूचिकृत नभएका कम्पनीहरूको संस्थापक शेयर खरिद–विक्रीलाई सहज बनाउने उद्देश्यले 'Offer for Sale (OFS)' प्लेटफर्म संचालनमा ल्याएको छ।
विगतमा संस्थापक शेयरको खरिद–विक्री गर्न कानूनी प्रक्रिया जटिल हुनुका साथै, खरिदकर्ता तथा विक्रीकर्ताहरू बीच उचित संयोजन हुन नसक्दा लगानी फ्रिज हुने समस्या रहँदै आएको थियो। यस समस्यालाई समाधान गर्न एन आई सी एशिया क्यापिटलले OFS प्लेटफर्म मार्फत डिजिटल माध्यमबाट सहज खरिद–विक्रीको व्यवस्था मिलाएको छ।
Offer for Sale (OFS)' प्लेटफर्मका विशेषता
सहज विक्री प्रक्रिया: विक्रीकर्ता संस्थापक शेयर बेच्न चाहने खण्डमा क्यापिटलको वेबसाइटमा विवरण भरी अनुरोध गर्न सक्ने।
सहज खरिद प्रक्रिया: खरिदकर्ता इच्छाएको कम्पनीको शेयर विवरण उपलब्ध गराएर खरिद गर्न सक्ने।
सुरक्षित र गोपनीयता: खरिदकर्ता तथा विक्रीकर्ताको विवरण सुरक्षित राखिने।
अनलाइन पहुँच: स्वदेश तथा विदेशबाट अनलाइन मार्फत विवरण उपलब्ध गराउन सकिने।
मूल्य निर्धारण: उचित मूल्य निर्धारणका लागि Valuation Report उपलब्ध गराइने।
एन आई सी एशिया क्यापिटलले नयाँ प्रविधि तथा सेवालाई प्रयोग गरी लगानीकर्ताहरूलाई सहज र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।