बसाइँसराइले बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै

काठमाडौँ।  आजभोली बढ्दो बसाइँसराइका कारण गाउँघर सुनसान हुने थालेका छन्।

बागलुङका ग्रामीण क्षेत्र पनि यसबाट अछुतो रहन सकेन गाउँ नै सुनसान हुन थालेका छन्। अहिले गाउँगाउँ सिंहदबार पुगे पनि अर्थात स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरिकको संख्या भने दिनानुदिन घट्दै गएको छ। 

त्यहाँ पनि सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको संख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरू सुनसान बन्दै गएका हुन्। 

शिक्षा, स्वास्थ्य, यातायात, विधुत लगायत विकासका पूर्वाधारले दूरदराज जोडिदै गएपछि धेरैले बजार रोज्न थालेको काठेखोला गाउँपालिका-५ का स्थानीयहरू बताउँछन्।  एक दशकअगाडिसम्म गाउँमा छरछिमेकी हुँदा अर्मपर्म गरेर खेतीपाती गरेको सुनाउँदै अहिले कोही बिरामी भए तत्काल अस्पताल पुर्‍याउन सम्म मान्छे नपाइने अवस्था आउको उनीहरू बताउँछन्।  बसाइँसराइ बढेपछि गाउँका खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन्।  

‘अहिले यो गाउँमा सक्नेहरू सबै शहर छिरे, गाउँमा गरिब वर्ग मात्रै रहेको स्थानीयहरू बताउँछन्।  युवापुस्ता विदेशमा गएका छन्र भने  बुढाबुढी मात्रै गाउँघरमा रहेको र अब यो बुढेकालको उमेरमा आफ्नो ठाउँ छोडेर कहाँ जाने? र अब गाउँ नै रित्तिने चिन्ता लाग्ने गरेको स्थानीयहरू बताउँछन्।

नयाँ पुस्ताले सहर बजार रोज्दा गाउँ झाडीले ढाकिने स्थिति आएको गलकोट नगरपालिका–५ का स्थानीयहरू बताउँछन्। दस वर्ष अगाडिसम्म गाउँका बस्तीमा मान्छेको चाप बढी रहेको भन्दै अहिले अप्ठ्यारो पर्दा सहयोग गर्ने मान्छे पाउनै मुस्किल रहेको छ। 

पहिले गाउँमा मोटरबाटो थिएन, बजारबाट नुन, तेल, चामल बोकेर ल्याउनुपर्थ्यो, खानेपानी ल्याउन घण्टौँ लाइनमा बस्ने अवस्था थियो, तर अहिले घरै अगाडि मोटर गाडी गुड्छन्, आँगनमै पानीको धारो बनेको छ, गाउँमा आएको विकास उपभोग गर्ने मान्छे छैनन्, राज्यले बसाइँसराइ रोक्न नसके गाउँको अस्तित्वनै मेटिने डर भएको स्थानीयहरू बताउँछन्।’ 

गलकोट नगरपालिकाले  बसाइँसराइ रोक्नका लागि गाउँमै युवालाई रोजगारसँग जोड्न लघु उद्यमका कार्यक्रम सञ्चालन गरेको भन्दै पशुपालन गर्ने किसानलाई अनुदानको व्यवस्था गरेको जनाकारी दिएको छ। 

प्रतिक्रिया