संम्भव नेपालले गोरखाको ७ पालिकालाई २ करोड ८० लाख बराबरको एम्बुलेन्स र स्वास्थ्य सामाग्री वितरण (फोटो फिचर)

पुष १९ गोरखा । गोरखा जिल्ला भित्रको गण्डकी, आरुघाट, चुमनुब्री, अजिरकोट, सिरानचोक र बारपाकसुलिकोट गाँउपालिका लाई संम्भव नेपाल नामक एक गैर सरकारी संस्थाले आज ६ थान एम्बुलेन्स र स्वास्थ्य सामाग्रीहरु बितरण गरेको छ । २ करोड ८० लाख भन्दाबढीका ति सामाग्रीहरु गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हस्तान्तरण गरेका हुन् । सदरमुकाममा भएको हस्तान्तरण कार्यक्रममा १–१ थान एम्बुलेन्स सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।


यता पालुङटार नगरपालिकाले पाउने एम्बुलेन्स भने प्राविधिक समस्याका कारण बितरण हुन नसकेको सम्भव नेपालका अध्यक्ष प्रेम खत्रीले सिएफएन खबरलाई जानकारी दिए । पालुङटार नगरापालिकालाई भने अहिले स्वास्थ्य सामाग्री मात्र हस्तान्रण गरिएको र केही समय भित्रै एम्बुलेन्स हस्तान्तरण गरिने अध्यक्ष खत्रीले बताए ।

सस्थाले एम्बुलेन्स लगायत स्वास्थ्य सामाग्री अजिरकोटको भच्चेक आधारभूत अस्पताल, बारपाक सुलिकोटको शहीद प्रेम ढकाल स्मृति आधारभूत अस्पताल, सिरानचोकको श्रीनाथकोट स्वास्थ्य चौकी, गण्डकी गाउँपालिकाको दर्बुङ स्वास्थ्य चौकी, आरूघाटको थुमि स्वास्थ्य चौकी र चुमनुब्रीको सिर्दिवास स्वास्थ्य चौकीलाई एक-एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ।

यस कार्यक्रम मार्फत मुख्यमन्त्री पाण्डेले एम्बुलेन्सलगायत सामग्री सहयोग गरेकोमा सम्भव नेपाल र अध्यक्ष खत्रीलाई धन्यवाद दिएका छन्।

खत्री युवा ब्यबसायी एवम् एस द हिमालयनका प्रोपाइटर , एलओडि का बोर्ड डाइरेक्टर हुन्।  खत्री समाज सेवामै लागेका कारण राष्ट्रपति बाट सम्मानित भइसकेका छन्  । उनी युवा सफल ब्यबसायी मात्र नभई ,नेपाली कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुन् ।


उक्त सम्भव नेपाल संस्थाले गोरखाको धेरै जसो स्थानिय तहमा शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्दै आएको छ । अहिले वितरण गरिएको एम्बुलेन्स ‘ख’ बर्गको हो । एम्बुलेन्स र स्वास्थ्य सामाग्री लिन पालिकाका अध्यक्ष, उपाध्यक्ष र स्वास्थ्य संस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो । स्थानिय तहलाई खत्रीले यो दोस्रो चरणमा एम्बुलेन्स बितरण गरेका हुन् । यसभन्दा अगाडी पनि संम्भव नेपालले विभिन्न पालिकालाई एम्बुलेन्स वितरण गरेको थियो ।

प्रतिक्रिया