मनसुन र स्थानीय वायुको प्रभाव: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना!

weather forecast

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार, आज मङ्गलबार, असोज १४, २०८२ (सेप्टेम्बर ३०, २०२५) नेपालमा मनसुनी वायु र स्थानीय वायुको प्रभावले मौसम प्रभावित भएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली छ। 

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्य बदलीसहित केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यी प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदलीसहित केही स्थानमा मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान छ। 

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमाली र पहाडी क्षेत्रमा सामान्य बदलीसहित केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने तराईमा सामान्य बदलीसहित थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ। रातिको समयमा कोशी, बागमती र गण्डकीमा सामान्य बदलीसहित केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदलीसहित एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्छ। 

विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको जोखिम रहेकोले बाढी, पहिरो र डुबानबाट बच्न सतर्क रहन आग्रह गरेको छ। 

प्रतिक्रिया