काठमाडौँ। एसियन लाइफ इन्सुरेन्सले ५.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
यस कम्पनीको आइतबार (जेठ २५ गते) बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई ५.१० प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद घोषणा गरेको हो।
उक्त प्रस्ताव बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ। यसअघि २०७९-८० मा कम्पनीले सेयरधनीलाई ८.१६ प्रतिशत लाभांश वितरण गरेको थियो।
26 Jestha 2082, Sombar 10:28 मा प्रकाशित
148