काठमाडौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा कारोबारमा २.७२ प्रतिशतको मूल्य अभिवृद्धि दर रहने प्रक्षेपण गरेको छ।
बुधवार (बैशाख १७ गते) सार्वजनिक गरिएको वार्षिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार, घरजग्गा कारोबार क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ८.२९ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ।
कार्यालयका अनुसार निजी आवास निर्माण र भाडाका क्रियाकलापमा देखिएको सामान्य वृद्धि तथा घरजग्गा कारोबारमा आएको क्रमिक सुधारका कारण यो क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा केही वृद्धि हुने अपेक्षा गरिएको हो।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धि दर २।४३ प्रतिशत रहेको संशोधित अनुमान गरिएको थियो भने आर्थिक वर्ष २०७९/८० मा उक्त दर २.९१ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ।