काठमाडौँ। एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा असार १९ गते मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबास नगरपालिका वडा नं १ मा आफ्नो १३३औँ शाखा विस्तार गरेको छ।
यो शाखा सँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ। यस शाखाको उद्घाटनसँगै महोत्तरी बासीले अत्याधुनिक, सरल र सहज बैँकिङ्ग सुविधा लिन सक्ने विश्वास बैंकले गरेको छ।
बर्दिबास नगरपालिकाका मेयर श्री प्रहलाद कुमार क्षेत्रीज्यू र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा बर्दिबास नगरपालिका वडा नं १ का वडा अध्यक्ष भोला खड्का, बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष श्री विष्णु खड्का, बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख पुष्प राज उप्रेती तथा बैंकका अन्य कर्मचारीहरू लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो।
बर्दिबासमा बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने बिश्वास लिएको बैंकले जनाएको छ।