काठमाडौं । बहुप्रतीक्षित विद्युतीय एसयूभी एमजी एस५ नेपाली बजारमा लन्च भएको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स ले यसलाई सार्वजनिक गरेको हो।
तीन भेरियन्टमा उपलब्ध, नयाँ मूल्य घोषणा
एमजी एस५ नेपाली बजारमा तीन भेरियन्टमा उपलब्ध छ, जसको मूल्य यसप्रकार छः
रु. ४३,९९,०००
रु. ४९,९९,०००
रु. ५४,९९,०००
यसअघि भन्सार प्रयोजनका लागि यसको मूल्य ४७ लाखदेखि ५८ लाख रुपैयाँ तोकिएको थियो।
सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रविधि
एमजी एस५ मा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ।
इन्ट्री लेभल मोडल – ४९.१ किलोवाट-आवरको लिथियम आइरन फस्फेट (LFP) ब्याट्री, जसले ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज प्रदान गर्छ।
उच्च भेरियन्ट – ६२.२ किलोवाट-आवरको ब्याट्री, जसले ४३० किलोमिटर रेन्ज दिन्छ।
प्रिमियम फिचर र उत्कृष्ट प्रविधि
एमजी एस५ ईभीमा आकर्षक डिजाइनका साथ नवीनतम प्रविधिहरू समावेश गरिएका छन्।
१२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन
१०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर
माथिल्लो भेरियन्टमा प्यानोरामिक सनरुफ
९९ किलोवाटको मोटर
सुरक्षित र आरामदायी ड्राइभिङ अनुभव
एमजी एस५ स्केलेबल मोडुलर प्लेटफर्म मा निर्मित छ, जसमा रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता विशेषता उपलब्ध छन्।
ह्यान्डलिङ, स्टेबिलिटी र कम्फर्टमा सुधार
स्मुद र डाइनामिक राइडका लागि विशेष सस्पेन्सन सेटअप
०-१०० किमी प्रतिघण्टा गति पुग्न ७.१ सेकेन्ड
अधिकतम गति १७५ किमी प्रतिघण्टा
एमजी एस५ को लन्चसँगै नेपाली विद्युतीय गाडी बजारमा थप प्रतिस्पर्धा बढ्ने अनुमान गरिएको छ। यसको आकर्षक मूल्य, उच्च ब्याट्री रेन्ज र आधुनिक फिचरहरूले एसयूभीप्रेमी ग्राहकहरूलाई आकर्षित गर्ने विश्वास गरिएको छ।