सिन्धु विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौँ।  सिन्धु विकास बैंक लिमिटेडले आगामी फागुन २८ गते १४औँ तथा १५औँ बार्षिक साधारण सभा बोलाएको छ। 

बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २८ मा काभ्रेपलान्चोक, धुलिखेलस्थित होटल मिरावलमा साधारण सभा बोलाउने  निर्णय गरेको हो। 

साधारण सभा प्रयोेजनका लागि बैंकले फागुन १५ गते बिहीबार एक दिन सेयर नामसारी दाखिला खारेज बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ।  बैंकले हाल कायम चुक्ता पुँजीको २ः१ (प्रत्येक २ सेयरमा १ हकप्रद) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत साधारण सभामा पेश गर्नेछ।  

प्रतिक्रिया