‘केपी ओली कप २०८१’ फुटबल प्रतियोगिता: अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता, आकर्षक पुरस्कार र प्रत्यक्ष प्रसारण!

काठमाडौं।  राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित तेस्रो संस्करणको ‘केपी ओली कप २०८१’ फुटबल प्रतियोगिता फागुन ११ देखि सुरु भएको छ। नेपाललाई खेलकुदमार्फत विश्वमञ्चमा स्थापित गर्ने लक्ष्यसहित आयोजित प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म चल्नेछ।

यस पटकको प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटो तथा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा सम्पन्न हुनेछ। नेपालका ६ ए डिभिजन क्लब, २ विदेशी क्लब तथा १ आयोजक क्लबसहित ९ टोली सहभागी छन्।

प्रतियोगितामा सहभागी टिमहरू:

APF FC

Black Bulls FC

Sankata Club

Tribhuvan Army FC

Nepal Police Club

KPFC

New Road Team

Machhindra FC

FC Transport United

बिजेतालाई आकर्षक पुरस्कार

प्रतियोगितामा प्रथम हुने टिमलाई रु १५ लाख ११ हजार १११, द्वितीय हुने टिमलाई रु ५ लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ। साथै,

उत्कृष्ट खेलाडी: रु १ लाख

उत्कृष्ट गोलरक्षक: रु ५० हजार

उत्कृष्ट गोलकर्ता: रु ५० हजार

उदीयमान खेलाडी: रु ५० हजार

म्यान अफ द म्याच: रु १५ हजार

प्रत्यक्ष प्रसारण र टिकटिङ

प्रतियोगिताको प्रत्यक्ष प्रसारण ‘कान्तिपुर टेलिभिजन’ बाट हुनेछ भने ‘खल्ती’ डिजिटल वालेट टिकटिङ पार्टनर रहेको छ।

खेलकुद क्षेत्रको समृद्धि अभियान लिएको, राष्ट्रिय युवा संघ नेपालको नेतृत्वमा आयोजना हुँदै आएको ‘केपी ओली कप’ को मुख्य उद्देश्य नेपालका युवा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउनु हो। खेलकुदलाई उद्योग, उत्पादन र रोजगारीसँग जोड्ने उद्देश्यसहित यस प्रतियोगितालाई निरन्तरता दिइँदै आएको छ।

प्रतियोगितामा विश्व चर्चित गोलकिपर जियानलुजी बुफन को समेत विशेष उपस्थित रहनेछ भने उद्घाटन समारोहमा कलाकार बद्री पंगेनी, महेश काफ्ले, समीक्षा अधिकारी र अस्मिता अधिकारी का सांगीतिक प्रस्तुति रहनेछन्।

यस प्रतियोगिता सफल बनाउन आयोजक समितिले विभिन्न संघसंस्थासँग साझेदारी गरिसकेको छ। विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा खेलप्रेमीको उत्साहजनक सहभागिता रहेको प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्ने योजना आयोजकले बनाएको छ।

प्रतिक्रिया