छत ढलान गर्दा ध्यान दिनुपर्ने कुराहरू

काठमाडौँ।  घर बनाउँदै हुनुहुन्छ भने घरको छत ढलान गर्दा विशेष ध्यान दिन जरूरी हुन्छ। आफ्नो घरलाई लामो समयसम्म टिकाउ होस् भन्नका लागि छत ढलान गर्दा ध्यान दिइएन भने घरको आयु पनि छोटो हुन्छ। 

आजको लेखमा घरको छत ढलान गर्दा ध्यान दिनुपर्ने कुराबारे यहाँ चर्चा गर्नेछौँ। 

घरको छत ढलान गर्दा ध्यान दिनुपर्ने कुराहरू

१) प्रोपर भाइब्रेसन दिनुपर्छ दक्ष जनशक्ति लगायर राम्रोसँग खाल्टाखुल्टी नरहने हुनुपर्छ। 

२) एम २० ग्रेडको कंक्रीट अर्थात एक बोरा सिमेन्ट डेढ बोरा बालुवा र ३ बोरा गिट्टी भएको कंक्रीटको प्रयोग गर्नुपर्छ। जसबाट क्र्याकहरू कम आउने हुन्छ। 

३) पानिको मात्रलाई राम्रोसँग मिलाउनु पर्छ र काम गर्न सहज हुन्छ भनेर धेरै पानी राख्नु हुँदैन। 

४) कंक्रीटको सेटिङ टाइमलाई ध्यान दिनुपर्छ। मसला कसरी खसालेका छौँ भन्ने कुरालाईलाई ध्यान दिनुपर्छ। 

५) वाटर प्रुफिङ केमिकलको प्रयोग गर्नुपर्छ। जसले ड्न्डीहरूमा बलियो हुने पकड ल्याउँछ र हुन सक्ने जोखिमलाई घटाउन मद्दत पुर्याउँछ। 

६) प्रपर स्लोपलाई मेन्टेन गर्नुपर्छ किन कि यसलाई राम्रोसँग ध्यान दिएन भने पछि गएर घरमा सिपेजको समस्या आउने गर्दछ। बर्षायाममा परेको पनि राम्रोसँग तैरियर वा वगेर जाने किसिमको हुनुपर्छ टालिन खालको हुनुहुँदैन। 

७) गिट्टीको साइज १२ एम देखि २० एम एमको हुनुपर्छ। कहीँकतै होल वा ग्याप नरहने गरि तयार गर्नुपर्छ।

८) जुट व्यागलाई पनि प्रयोग गर्न सकिन्छ। ढलान गर्दा धेरै गर्मी र घाम लागेको ठाउँमा छ भने जुटको बोराहरूलाई भिजाएर राख्दा ढलानलाई चिरा पर्नबाट पनि जोगाउँछ।   

प्रतिक्रिया