यस वर्षको एसईई परीक्षाका लागि आवेदन खुलाइयो

काठमाडौँ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा (एसईई) परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि आवेदन फाराम खुलाएको छ।

बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज  (पौष ११ गते) सूचना प्रकाशित गरी परीक्षामा सहभागी हुन एक महिनाभित्र फाराम भर्न आह्वान गरेको हो। प्रति परीक्षार्थी परीक्षा दस्तुर ५०० रूपैयाँ सहित शुक्रबारदेखि माघ १२ गतेसम्म फाराम भर्न सकिने कार्यालयले जनाएको छ। 

तोकिएको समयभित्र फाराम भर्ने व्यवस्था मिलाउन विद्यालयलाई निर्देशन दिँदै बोर्डले आवेदन फाराम नभर्ने विद्यार्थीले एसइई-२०८१ मा सामेल हुन नपाउने जनाएको छ। २०७८ र २०७९ सालको नियमित वा ग्रेडवृद्धि परीक्षामा सहभागी भई कुनै विषयमा ‘डी’ वा ‘ई’ ग्रेड प्राप्त परीक्षार्थी वा परीक्षामा अनुपस्थित परीक्षार्थीहरुले ग्रेडवृद्धि गर्न चाहेमा ती विषयमा मात्र परीक्षा आवेदन फाराम भर्नुपर्ने बोर्डले जनाएको छ। 

२०८० सालको नियमित वा पुरक परीक्षाका परीक्षार्थीहरुले एनजी भएका र अनुपस्थित भएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षाका लागि आवेदन फाराम भर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।




प्रतिक्रिया